Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हाम्रो गाडी ‘एक्सप्रेस वे’ मा छ, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ: प्रधानमन्त्री शाह

हाम्रो गाडी ‘एक्सप्रेस वे’ मा छ, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ: प्रधानमन्त्री शाह


  • 1.3K
    Shares

    हाम्रो गाडी ‘एक्सप्रेस वे’ मा छ, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ: प्रधानमन्त्री शाह
    images

    काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सरकार सञ्चालन र आफ्नो कार्यशैलीमाथि उठ्ने गरेका प्रश्नहरूको मौलिक शैलीमा जवाफ दिएका छन्। 

    चितवनमा आयोजित रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारको यात्रा ुएक्सप्रेस वेु मा दौडिरहेको गाडी जस्तै भएको दाबी गरे। उनले आफ्नो उद्देश्य र गन्तव्य प्रस्ट रहेको भन्दै गन्तव्यमा पुगेपछि मात्रै विश्राम लिने स्पष्ट पारेका छन्।

    सम्बोधनको सुरुमा नमस्ते  गर्दै ठट्टाको शैलीमा नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै उनले हलमा उपस्थित प्रतिनिधि र विशिष्ट अतिथिहरूलाई मन्त्रमुग्ध पारे। रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरू उपस्थित मञ्चबाट बोल्दै शाहले देश बनाउने तीव्र हुटहुटीका कारण नयाँ राजनीतिक शक्तिहरूको उदय भएको उल्लेख गरे। उनले पार्टीलाई संस्थागत र स्थापित गर्ने कुरा अहिलेको मुख्य आवश्यकता भएको बताए।

    विभिन्न राजनीतिक दलका नेताहरूले रास्वपा र नयाँ शक्तिहरूको कार्यशैलीप्रति सङ्केत गर्दै ुगाडीमा एक्सेलेटरसँगै ब्रेक पनि आवश्यक हुनेु भनी दिएको सल्लाह र चिन्ताप्रति बालेनले कडा जवाफ फर्काए। धेरैले चिन्ता मान्नुभएको छ, सरकार भनेको गाडीजस्तो हो र यसमा ब्रेक पनि लगाउनुपर्छ भन्नुभएको छ, प्रधानमन्त्री शाहले भने, त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा मात्रै हुन्छ। तर हाम्रो गाडी एक्सप्रेस वेमा हिँडेको गाडी हो, यो रोकिँदैन, सिधै गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।

    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - १७:५३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij