२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले विगत एक दशकदेखि गर्दै आएको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धि रास्वपा रहेको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले रास्वपाले प्राप्त गरेको सफलतालाई नेपाली इतिहासको एउटा नयाँ क्रान्तिको कडीको रुपमा आफूले लिएको उल्लेख गर्दै मुलुकमा सुशासन र समृद्धिका लागि अघि बढन पनि आग्रह गरेका छन्। उनले रास्वपाका सफलतालाई आफनो पुस्ताका नेताहरुले भ्रमपूर्ण विचार राख्ने गरे पनि आफूले भन्ने यसलाई नयाँ खालको क्रान्तिको रुपमा लिएको बताएका छन् ।
रास्वपाको प्रशंसा गर्दा आफूमाथि स्वार्थको राजनीति गरेको भनी हुने टिप्पणीप्रति उनले कडा आक्रोश पोखे। नेपाली समाजको चिन्तनस्तर न्यून रहेको टिप्पणी गर्दै उनले आफूलाई कुनै पद वा प्रलोभनको आश नरहेको प्रष्ट पारेका छन्।
त्यसो भन्दा हाम्रो समाज अत्यन्तै न्यूनस्तरको छ, अब यसले के पाउन लाग्यो, के ललिपप देखाइदियो भन्छन्, भट्टराईले आक्रोशित हुँदै थपे, ूम सारा जीवन मर्न हिँडेको मान्छे, के ललिपप खानेरु सबैथोक प्राप्त गरेको मान्छे, प्रधानमन्त्री भइसकेको मान्छे, के ललिपप खाने मैले यो उमेरमा ?
उनले नयाँ पुस्ताले वैकल्पिक राजनीतिको नेतृत्व गरिरहेका बेला पुरानो पुस्ताले त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने र आफूले निस्स्वार्थ भावले यसको समर्थन गरेको बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij