Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पार्टी स्थापना गर्ने म नै निम्तो सूचीमा परिनँ: डा. मुकुल ढकाल

पार्टी स्थापना गर्ने म नै निम्तो सूचीमा परिनँ: डा. मुकुल ढकाल


  • 1.1K
    Shares

    पार्टी स्थापना गर्ने म नै निम्तो सूचीमा परिनँ: डा. मुकुल ढकाल
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनमा आफूलाई नबोलाइएको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्। रास्वपाको प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा भव्य रूपमा सुरु भएको छ।

    महाधिवेशन सुरु भएकै दिन आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै डा. ढकालले पार्टी स्थापना गर्ने मुख्य व्यक्तिलाई नै महाधिवेशनको निम्तो सूचीमा समेत नराखिएको भन्दै नेतृत्वप्रति आक्रोश पोखेका हुन्। 

    आफ्नो फेसबुक स्ट्याटसमा उनले लेखेका छन्स्“आज पार्टीले आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन गर्दैछ। विडम्बना, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ।”

    पूर्वमहामन्त्री ढकालले महाधिवेशन केवल पद बाँडफाँड वा व्यक्ति चयन गर्ने आन्तरिक कार्यक्रममा मात्र सीमित हुन नहुनेमा जोड दिएका छन्। पार्टीले अब कस्तो वैचारिक र राजनीतिक दिशा रोज्छ भन्ने कुरा देशकै लागि ठुलो विषय भएको उनको भनाइ छ।

    उनले पार्टी नेतृत्वलाई लक्षित गर्दै संस्थाभित्र “राजव्यक्ति” हाबी नगराउन र वास्तविक “राजनीति” गर्न सुझाव समेत दिएका छन्।पार्टी स्थापनाकालदेखि नै महत्त्वपूर्ण भूमिकामा रहेका ढकाललाई यसअघि रास्वपाले अनुशासनको कारबाही गर्दै पदमुक्त गरेको थियो। 

    आजदेखि चितवनको भरतपुरमा सुरु भएको तीन दिने महाधिवेशनमा डा. ढकालको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरिदिएको छ।  

     

    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - १४:५९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij