२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाविधेशनमा भाग लिन आइतबार चितवन आएका छन् । उनी महाधिवेशनको उद्घाटन, बन्दसत्रमा सहभागी हुन श्रीमती र छोरीसहित चितवन आएका हुन् ।
प्रधानमन्त्री शाह कालिका नगरपालिका-९ शक्तिखोरमा हालै मात्रै निर्माण सकेर सञ्चालनमा आएको लटौली सेन्चुरी रिसोर्टमा बस्ने भएका छन् ।
रिसोर्ट ६ असारदेखि ४ दिनका लागि बुकिङ गरिएको छ । रिसोर्टमा शनिबार नै सुरक्षाकर्मीहरू पुगेर चेकजाँच गरेका थिए । नेपाली सेना र प्रहरीको टोली नै रिसोर्टमा शनिबारदेखि परिचालन गरिएको छ ।
रास्वपा महाधिवेशन उद्घाटनस्थलबाट झन्डै १६ किलोमिटर उत्तरपूर्वमा यो रिसोर्ट अवस्थित छ । रिसोर्टमा प्रधानमन्त्री शाह, गृहमन्त्री सुदन गुरुङसहित बालेन पक्षका नेताहरू बस्ने जनाइएको छ ।
रिसोर्टका ३ वटा भीभीआईपी रुम तयार गरिएको छ । प्रधानमन्त्री शाह आउने भएपछि रिसोर्टका अधिकांश कर्मचारीलाई बिदा दिइएको छ । सीमित कर्मचारीहरू मात्रै राखेर सेवा दिन भनिएको छ । किचनमा दुई जना, हाउस किपिङमा दुई जना अन्य केही कर्मचारीहरू मात्रै राखिएका छन् । अरूलाई चार दिनसम्मका लागि बिदा दिइएको छ ।
रिसोर्टका सबै सीसीक्यामेराहरू बन्द गरिएका छन् । स्टार्फहरूलाई पनि फोटो खिच्न, मोबाइल लैजान रोक लगाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij