Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

चीनमा लगानी सम्मेलन गर्दै नेपाल

चीनमा लगानी सम्मेलन गर्दै नेपाल


  • 918
    Shares

    चीनमा लगानी सम्मेलन गर्दै नेपाल
    images

    काठमाडौं ।  चीनस्थित नेपाली दूतावासले त्यहाँ लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । जुलाइ २–३ (असार १८ र १९) चीनको राजधानीमा बेइजिङमा हुने सो सम्मेलनमा चीनका उद्योगी व्यवसायी, लगानी कर्ताहरूको सहभागी रहने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

    नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा नेपालबाट पनि उद्योगी, व्यापारीहरू सहभागी हुने बताइएको छ ।

    कोही सरकारी अधिकारी जाने कि नजाने अझै टुंगो लागेको छैन । को–को जाने त्यसको पनि हालसम्म टुंगो लाग्न सकेको छैन । परराष्ट्र मन्त्रालयको समन्वयमा लगानी सम्मेलनको तयारी चलिरहेको हो ।

    परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा गएका बेला पनि नेपाली दूतावासले एकदिने लगानी सम्मेलनको आयोजना गरेको थियो । त्यस सम्मेलनमा नेपालमा रहेका लगानीका अवसरबारे नेपाल लगानी बोर्डका प्रतिनिधिद्वारा प्रस्तुतीकरण गरिएको थियो ।

     

    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - १४:३६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij