२०८३ आश्विन १ गते बिहिवार
काठमडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन आयोजनास्थलको स्थलगत अनुगमन गरेका छन् । गए रातिको भारी वर्षाका कारण कार्यक्रमस्थलमा पानी जमेर समस्या भएपछि गृहमन्त्री गुरुङले आयोजनास्थलमा पुगेर व्यवस्थापन अवस्थाबारे जानकारी लिएका हुन् ।
गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रमस्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिएका हुन् । गए रातिको वर्षाको कारण महाधिवेशनस्थल जलमग्न बनेको छ ।
हाल मोटरको प्रयोग गरी जमेको पानी निकाल्ने काम भइरहेको जनाइएको छ । सो क्षेत्रको अहिले माटो भर्ने काम भइरहेको छ । गृहमन्त्री गुरुङले महाधिवेशनस्थलको सुरक्षाका विषयमा समेत जानकारी लिएका हुन् । रास्वपाको महाधिवेशन उद्घाटन कार्यक्रम आज दिउँसो पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले गर्ने तयारी रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij