Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बदला लिन पूर्वप्रेमिकाको हत्या, सिसिटिभी र कल डिटेलले खोल्यो अजयको पोल

बदला लिन पूर्वप्रेमिकाको हत्या, सिसिटिभी र कल डिटेलले खोल्यो अजयको पोल


  • 1.5K
    Shares

    बदला लिन पूर्वप्रेमिकाको हत्या,  सिसिटिभी र कल डिटेलले खोल्यो अजयको पोल
    images

    काठमाडौं । आफ्ना विरोधीहरूलाई हत्या अभियोगमा फसाएर आजीवन जेल कोच्ने नियतले एक युवकले आफ्नै पूर्वप्रेमिकाको हत्या गरेको सनसनीपूर्ण तथ्य खुलेको छ। 

    प्रहरीका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–५ का २६ वर्षीय अजय माउतले आफूविरुद्ध जबर्जस्ती करणी उद्योगको मुद्दा हाल्ने किशोरीका दाजु र उनका साथीहरूलाई बदला लिन यो क्रूर प्रपञ्च रचेका थिए।

    योजनाबद्ध रूपमा बोलाएर जङ्गलमा हत्याबदलाको भावनाले चुर भएका अजयले कैलालीमा विवाह गरिसकेकी आफ्नी पूर्वप्रेमिका २० वर्षीया अवसना बानुलाई पुनः प्रेमको नाटक गर्दै जेठ २३ गते बाँके बोलाएका थिए। त्यसपछि उनले अवसनामार्फत माइती पक्षलाई ‘मेरो अपहरण भयो’ भन्दै विपक्षीहरूका तस्बिरहरू मोबाइलमा पठाउन लगाए। योजना अनुसार जेठ २६ गते अजयले अवसनालाई चिसापानीस्थित सामुदायिक वनको जंगलमा लगेर सलले घाँटी थिची हत्या गरे। 

    प्रहरीलाई भ्रममा पार्न र विपक्षीहरूलाई नै दोषी देखाउन उनले शवको नजिकै विपक्षीहरूकै तस्बिरहरू छाडेर फरार भएका थिए। सिसिटिभी र कल डिटेलले खोल्यो पोलअर्कालाई फसाउन रचिएको यो चलाखी धेरै समय टिक्न सकेन। घटनाको अनुसन्धानमा जुटेको प्रहरी टोलीले चिसापानी आर्मी चेकपोस्टको सिसिटिभी फुटेज र मोबाइलको कल डिटेल रेकर्ड विश्लेषण गर्दा अजय र मृतक किशोरी सँगै देखिएका थिए। 

    प्राविधिक प्रमाणका आधारमा प्रहरीले अजयलाई तत्कालै नियन्त्रणमा लिएको हो। अर्कालाई फसाउन खनेको खाडलमा अजय आफैं परेका छन्। हाल उनीविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको छ भने प्रहरीले घटनाको थप सूक्ष्म अनुसन्धान गरिरहेको छ।  

    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - १२:५३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij