Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बेलायतमा भूतपूर्व गोर्खा सैनिकमाथि दुर्व्यवहार, ५८ वर्षीय बेलायती नागरिक पक्राउ

बेलायतमा भूतपूर्व गोर्खा सैनिकमाथि दुर्व्यवहार, ५८ वर्षीय बेलायती नागरिक पक्राउ


  • 1.3K
    Shares

    बेलायतमा भूतपूर्व गोर्खा सैनिकमाथि दुर्व्यवहार, ५८ वर्षीय बेलायती नागरिक पक्राउ
    images

    काठमाडौं । बेलायतको अल्डरसटस्थित एक पार्कमा दुई भूतपूर्व गोर्खा सैनिक र एक वृद्धामाथि दुुर्व्यवहार तथा हातपात भएको घटना सार्वजनिक भएको छ।  घटना सार्वजनिक भएलगत्तै तीब्र अनुसन्धान सुरु गरेको ह्याम्पशायर प्रहरीले ५८ वर्षीय बेलायती नागरिकलाई पक्राउ गरेको छ

    स्थानीय सञ्चारमाध्यमका अनुसार पार्कमा रहेका एक व्यक्तिले उनीहरूलाई अपमानजनक शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनाका क्रममा हातपातसमेत भएको बताइएको छ।

    स्थानीय सञ्चारमाध्यम र प्रत्यक्षदर्शीका अनुसार, पार्कमा बसिरहेका नेपाली वृद्धवृद्धाहरूलाई ती व्यक्तिले सुरुमा तिमीहरू कहाँबाट आएका हौरु आफ्नो देश फिर्ता जाओभन्दै नश्लीय गालीगलौज गरेका थिए। 

    पीडितहरूले आफूहरू बेलायती सेनामा सेवा गरेका भूतपूर्व गोर्खा सैनिक भएको परिचय दिँदा पनि उनले अमानवीय शब्दहरू प्रयोग गर्दै हातपात गरेका थिए।

    प्रत्यक्षदर्शी नेपाली युवा–युवतीले बीचमा परेर स्थिति नियन्त्रणमा लिन खोज्दा उनीहरूको मोबाइल फोन समेत फुटाइदिएका छन् ।

    घुटनापछि सम्बन्धित निकायमा उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको छ। घटनाको वास्तविकता र संलग्न व्यक्तिको पहिचानबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

    बेलायती सेनामा लामो समय सेवा गरेका गोर्खा सैनिकहरू आफ्नो बहादुरी र योगदानका लागि परिचित छन्। उक्त घटनापछि नेपाली समुुदायले दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न माग गरेको छ। 

    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - १२:०४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij