Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुनिता डङ्गोल इजरायल प्रस्थान

सुनिता डङ्गोल इजरायल प्रस्थान


  • 806
    Shares

    सुनिता डङ्गोल इजरायल प्रस्थान
    images

    काठमाडौं । इजरायलको तेल अभिभमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको दशौँ संस्करणमा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रवक्ता नवीन मानन्धर र विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा इजरायल प्रस्थान गरेका छन् ।

    इजरायल सरकार विदेश मन्त्रालयको निमन्त्रणामा उनीहरू शनिबार रातिको उडानबाट कार्यक्रमका लागि प्रस्थान गरेका हुन् । 

     ‘सफल साझेदारी (वीनिङ पार्टनरसिप)’ शीर्षकमा हुने सम्मेलनमा भाग लिन विश्वका १५० भन्दा धेरै सहरका प्रमुख, नगरपालिकाका नेताहरू, सरकारी अधिकारी, सहरी योजनाकार तथा विज्ञहरूको सहभागिता हुनेछ । 

    असार ९, १० र ११ गते (जुन २३,२४ र २५ तारिख) गरी ३ दिन चल्ने कार्यक्रममा नेपालबाट काठमाडौँसहित पोखरा महानगरपालिका र जनकपुर नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरू सहभागिताका लागि गएका छन् । उनीहरू सम्मेलनसँगै आयोजना हुने प्रदर्शनी (एक्पो) मा वृहत् व्यावसायिक भ्रमणमा सहभागी हुनेछन् ।

    यो कार्यक्रम इजरायलको स्थानीय सरकार महासङ्घको प्रमुख वार्षिक कार्यक्रम हो ।

     

    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - ११:४५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij