२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने भएका छन् ।
स्वकीय सचिव शंकर कुइँकेलले रास्वपा महाधिवेशनको उदघाटन सत्रमा शुभकामना मन्तव्य दिन गगन थापा जान लागेको जानकारी दिए ।
कांग्रेस सभापति थापाले सुरुमा उपसभापति पुष्पा भुसाललाई पठाउने निर्णय गरेका थिए।
तर, आज बिहान सभापति थापा आफैँ रास्वपाको महाधिवेशन उद्घाटनमा सहभागी हुने निष्कर्षमा पुगेका हुन्।
सहमहामन्त्री चौधरीका अनुसार यसअघि सभापति थापा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल थारु संघको आज हुने कार्यक्रमको प्रमुख अथिति बन्ने तालिका थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij