Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 1.5K
    Shares

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार  नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवयासी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत असार ५ गते सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम थियो ।

    त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार ३१५ रुपैयाँ तोकिएको छ ।

    साथै, सुनसँगै चाँदीको मूल्यमा पनि केही बढोत्तरी भएको छ । अघिल्लो कारोबारको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ६९० रुपैयाँ पुगेको छ । असार ५ गते चाँदी प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो । 

    आज १० ग्राम चाँदीको मूल्य ४ हजार २१ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
     

    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - ११:१६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij