Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गर्मीका कारण विद्यालयमा १२ दिन बिदा (सूचनासहित)

गर्मीका कारण विद्यालयमा १२ दिन बिदा (सूचनासहित)


  • 2.7K
    Shares

    गर्मीका कारण विद्यालयमा १२ दिन बिदा (सूचनासहित)
    images

    कञ्चनपुरको भीमदत्त नगरपालिकाले अत्यधिक गर्मीलाई ध्यानमा राखेर सामुदायिक तथा संस्थागत विद्यालयलाई १२ दिन बिदा दिने भएको छ।   

    नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सबै विद्यालयमा असार ८ गतेदेखि १९ गतेसम्म गर्मी र वर्षे बिदा दिने निर्णय गरेको जनाएको हो। उक्त बिदा विद्यालयको वार्षिक कार्यतालिकामा भएको लामो बिदाबाट कट्टी हुने जनाएको छ।  

    शिक्षा शाखाद्वारा जारी सूचनामा ‘भीमदत्त नगरपालिका अन्तर्गतका विद्यालयहरूमा मिति २०८३ असार ८ गतेदेखि १९ गतेसम्म लामो बिदाबाट कट्टी हुने गरी १२ दिन गर्मी र वर्षे बिदा गर्न हुन जानकारी गराइन्छ,’ उल्लेख गरिएको छ।  

    1781940938_school 06.jpg

    प्रकाशित मिति :आषाढ ६ २०८३ शनिवार - १३:४७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij