Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

मौसम पूर्वानुमान

६ दिन ढिला गरी नेपाल भित्रियो मनसुन, आज कहाँ-कहाँ हुन्छ वर्षा ?

६ दिन ढिला गरी नेपाल भित्रियो मनसुन, आज कहाँ-कहाँ हुन्छ वर्षा ?


  • 1.5K
    Shares

    ६ दिन ढिला गरी नेपाल भित्रियो मनसुन, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
    images

    काठमाडौं । मनसुन अन्ततः नेपाल भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागले शुक्रबार नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिएको घोषणा गरेको हो। नेपालमा सरदर जुन १३ (जेठ ३०) गते मनसुन भित्रिने गरेकामा यसपालि  ६ दिन ढिला गरी मनसुन भित्रिएको हो।

    प्रशान्त महासागरमा विकास भएको एल निनो प्रणालीका कारण पनि मनसुनको आगमन ढिला भएको हो। अघिल्लो वर्ष सरदरभन्दा १५ दिन अगाडि मनसुन भित्रिएको थियो। यसपालि मनसुनमा  औसतभन्दा कम वर्षा र बढी गर्मी हुने विभागले प्रक्षेपण गरेको छ। हाल नेपालको कोशी प्रदेशका केही भू-भागमा मनसुनी प्रभाव रहेको छ । अन्य भू-भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लागेको छ । अन्य तराई भू-भागमा मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा पनि साधरणतया बादल लाग्नेछ । मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। 

    कोशी प्रदेशका तराई भू-भागका केहि स्थानमा तथा मधेस प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि  तातो दिन हुने सम्भावना छ । 

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग  साथै कोशी प्रदेशका तराई भू-भागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश र अन्य हिमाली र पहाडी भू-भागमा आंशिक बादल तथा अन्य तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेस प्रदेशमा एक–दुई स्थान र कोशी प्रदेशको तराईका केहि स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशका तराई भू-भागका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । 

    प्रकाशित मिति :आषाढ ६ २०८३ शनिवार - ०८:१८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij