Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु


  • 1.0K
    Shares

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
    images

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन् । 

    त्यस्तै, बैठकले बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका स्वीकृत गर्ने निर्णय गरेको पनि मन्त्री तिमिल्सिनाले जानकारी दिएका छन् । त्यसबाहेक राष्ट्रिय सेवा दल कानुन संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । 

    साथै सहकारी ऐन, सार्वजनिक खरिद ऐन, सम्पत्ति शुद्धीकरण मनि लाउन्डिरिङ संशोधन विधेयक र स्वास्थ्यसँग सम्बन्धित विधेयक  स्वीकृत गर्ने निर्णय गरेको छ ।

    प्रकाशित मिति :आषाढ ५ २०८३ शुक्रवार - १७:५२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij