Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रवि लामिछानेको नेतृत्व अपरिहार्य: रञ्जु न्यौपाने

रवि लामिछानेको नेतृत्व अपरिहार्य: रञ्जु न्यौपाने


  • 1.2K
    Shares

    रवि लामिछानेको नेतृत्व अपरिहार्य: रञ्जु न्यौपाने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छन् । 

    शुक्रबार सङ्घीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद न्यौपानेले पार्टीको सङ्गठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरेकी हुन् । 

    महाधिवेशनमा आफ्नो उम्मेदवारीका विषयमा स्पष्ट पार्दै उनले सुरुमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र त्यसपछि मात्र पदाधिकारीका लागि अघि बढ्ने जानकारी दिइन् । 

    पार्टीभित्रको आन्तरिक असन्तुष्टि र सामाजिक सञ्जालमा भइरहेका विभिन्न टीकाटिप्पणीका विषयमा बोल्दै उनले रास्वपाप्रतिको बढ्दो जनआकर्षणका कारण यस्ता वहस र छलफल हुनु स्वाभाविक भएको उल्लेख गरिन् ।

    महाधिवेशनको तयारी र सुरक्षा व्यवस्थाका बारेमा जानकारी दिँदै न्यौपानेले विभिन्न उपसमितिहरू तीव्र रूपमा क्रियाशील रहेको र आफू स्वास्थ्य उपसमितिमा रहेर जिम्मेवारीपूर्वक काम गरिरहेको बताइन् ।  

    प्रकाशित मिति :आषाढ ५ २०८३ शुक्रवार - १७:२५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij