Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सिन्धुली हिरासत मृत्यु प्रकरण: प्रहरीले कुटपिट गरेको देखिँदैन- गृहमन्त्री

सिन्धुली हिरासत मृत्यु प्रकरण: प्रहरीले कुटपिट गरेको देखिँदैन- गृहमन्त्री


  • 1.3K
    Shares

    सिन्धुली हिरासत मृत्यु प्रकरण: प्रहरीले कुटपिट गरेको देखिँदैन- गृहमन्त्री
    images

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको जानकारी दिएका छन् ।

    राष्ट्रियसभाको शुक्रबारको बैठकमा बोल्दै उनले छानबिन प्रतिवेदन अनुसार हिरासतमा रहँदा विश्वकर्मामाथि प्रहरीले कुटपिट गरेको नदेखिएको स्पष्ट पारेका हुन् । राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले सोध्नुभएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले हिरासतमा रहँदा प्रहरीले कुनै पनि शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिए । 

    यस विषयमा मन्त्रालय गम्भीर रहेको र अनुसन्धानका क्रममा कुनै नयाँ तथ्य वा विषय बाहिर आएमा संसद्‌लाई फेरि जानकारी गराइने प्रतिबद्धता समेत उनले व्यक्त गरे । सम्बोधनकै क्रममा उनले नेपाल प्रहरीभित्र दलित सेल (शाखा) पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको समेत जानकारी गराए । बैठकमा राष्ट्रियसभा सदस्य सुनारले मुलुकमा अझै पनि जातका आधारमा गम्भीर विभेद भइरहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

    उनले अन्तरजातीय विवाहकै कारण दलित समुदायका युवाहरूको हत्या र कुटपिट भइरहेको घटनाप्रति दुःख व्यक्त गरे । सांसद सुनारले प्रहरी हिरासतको सुरक्षा व्यवस्था र भौतिक पूर्वाधारमाथि प्रश्न उठाउँदै भने,टेबल र कुर्सी समेत नभएको हिरासत कोठामा सात फिटमाथि पुगेर कसरी आत्महत्या गरेको हुन सक्छ? उनले यस घटनाको गम्भीर र निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।

    प्रकाशित मिति :आषाढ ५ २०८३ शुक्रवार - १६:३४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij