Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कमला नदीको अस्थायी डाइभर्सन भासिँदा सिरहा–धनुषा आवतजावत ठप्प

कमला नदीको अस्थायी डाइभर्सन भासिँदा सिरहा–धनुषा आवतजावत ठप्प


  • 1.2K
    Shares

    कमला नदीको अस्थायी डाइभर्सन भासिँदा सिरहा–धनुषा आवतजावत ठप्प
    images

    काठमाडौं । सिरहा र धनुषा जिल्ला जोड्ने कमला नदीको पुल आसपास निर्माण गरिएको अस्थायी डाइभर्सन भासिँदा दुई जिल्लाबीचको आवतजावत पूर्ण रूपमा ठप्प भएको छ ।

    करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको उक्त डाइभर्सन सामान्य वर्षाकै कारण भत्किएपछि एक जिल्लाबाट अर्को जिल्लामा जाने यात्रुहरूले निकै सास्ती खेप्नुपरेको छ । सिरहातर्फको बसबिट्टा क्षेत्रमा करिब १ करोड २५ लाख रुपैयाँको लागतमा करिब २०० देखि ३०० मिटर लामो अस्थायी संरचना निर्माण गरिएको थियो । 

    तीन–चार महिनाअघि मात्र सञ्चालनमा आएको यो डाइभर्सन तत्कालीन प्रधानमन्त्री सुशिला कार्की र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको कार्यकालमा निर्माण सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कमला पुल क्षेत्रको डाइभर्सनमा क्षति पुगेको पुष्टि गर्दै सम्बन्धित निकायसँग थप विवरण बुझ्ने काम भइरहेको जानकारी दिएका छन् ।

    वर्षाले गर्दा कमला नदीमा पानीको बहाव बढेको हुनाले नागरिकहरू डुङ्गा चढेर यात्रा गरिरहेका छन् । रातिको वर्षाले मुख्य बाटोको डाइभर्सनमै ठुलो क्षति पुर्‍याएपछि अहिले सो क्षेत्रमा यात्रुहरू ज्यानको जोखिम मोलेर डुङ्गा चढेर मात्र नदी वारपार गर्न बाध्य छन् । 

    प्रजिअ पौडेलले नदीमा पानीको बहाव उच्च रहेकाले जोखिम मोलेर यात्रा गर्नुको साटो लामै बाटो भए पनि वैकल्पिक र सहज मार्ग प्रयोग गर्न नागरिकहरूलाई आग्रह गरेका छन् ।

    प्रकाशित मिति :आषाढ ५ २०८३ शुक्रवार - १५:५१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij