Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत

प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत


  • 1.1K
    Shares

    प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
    images

    काठमाडौं । गत वैशाखमा संसद् रोकेर सरकारले ल्याएका चार अध्यादेश प्रतिनिधिसभाले स्वीकृत गरेको छ । 

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो । 

    चारवटै अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अध्यादेश निणयार्थ प्रस्तुत गरेका थिए । 

     

    प्रकाशित मिति :आषाढ ५ २०८३ शुक्रवार - १५:२३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij