२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको निवासमा बिहीबार मध्यरातमा प्रहरीले छापा मारेको छ।
विराटनगर(३, ल क्याम्पसनजिकै रहेको मन्त्रीको निवासमा राति ११ बजेतिर प्रहरी टोली पुगेको थियो । मन्त्रीको सचिवालयका अनुसार राति पर्खाल नाघेर प्रहरी भित्र छिरेको हो । प्रहरी पुग्दा मन्त्री भने थिएनन् ।
मोरङका प्रमुख जिल्ला अधिकार युवराज कटेल अनुसार, कर्तव्य ज्यान मुद्दाका एक पुराना फरार अभियुक्तको खोजी गर्ने क्रममा प्रहरी उक्त निवासमा पुगेको हो । तर, त्यहाँ पुगेको प्रहरीले मन्त्रीको निवासमा भन्ने जानकारी नपाएको उनले दाबी गरेका छन् ।
उनले प्रहरी मन्त्रीलक्षित कारबाहीको लागि त्यहाँ नपुगेको दोहोर्याए । कटेलका अनुसार, ती अभियुक्त केही समयअघि चितवनबाट भागेर आएको सूचना थियो। ‘पहिले उनी त्यहाँ बस्ने गरेको भए पनि प्रहरी पुग्नुअघि नै उनी ठाउँ सरिसकेका रहेछन्’ उनले भने ।
तर मन्त्रीको सचिवालयले भने मन्त्रीको निवास हो भन्ने जान्दा जान्दै प्रहरीले जबर्जस्ती पुगेको बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij