Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई


  • 1.0K
    Shares

    श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले श्रमप्रतिको सकारात्मक धारणा नभएका कारण मुलुकले सधैं गरिवी झेल्नुपरेको बताएका छन् । 

    शुक्रवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिदै उहाँले श्रम शक्तिबाट मुलुकको सम्पदालाई सम्पत्तिमा रुपान्तरण गर्न सकिने भएकाले श्रमलाई अभियानको रुपमा अघि बढाउन आवश्यक रहेको पनि बताएका छन् । 

    अध्यक्ष राईले श्रमलाई माया गरेर अघि बढन पनि सबैलाई आह्वान गरेका छन् । श्रमले मात्रै मुलुकमा आयआर्जन बढाउने हुनाले त्यसलाई हेयको दृष्टिले हेर्न नहुने उनको भनाई थियो ।

    अध्यक्ष राईले भने,‘ मेरो जहिले पनि एक खालको वैचारिक आन्दोलन विद्रोह भनौ वा असन्तुष्टि के रहन्छ भने हामीले श्रम र श्रमिक, श्रम भन्ने विषयसँग हामी यति टाढा गयौँ कि शिक्षाले नै हामीलाई त्यस्तो बनायो । काम गर्ने मानिस भनेपछि हामी घिनाउँछौँ । पसिना बगाउनेभनेपछि हामी अल्छी मान्छौँ । काम र काम गर्ने मान्छेलाई वर्षौवर्षदेखि विभेद गरेको छ हाम्रो समाजले । काम गर्ने मानिसलाई कामी भनेर घर भित्र हुल्न नदिने समाज अझै चेन्ज भएको छैन । त्यसो भएको हुनाले आज म सम्मानित सदनबाट एउटा सन्देश पनि दिन चाहन्छु–कामलाई माया गरौ । श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रुपान्तरण गर्छ । हामी कसलाई कति टयाक्स लगाउने, एक रुपैयाँ कहाँबाट उठाउने, २ रुपैयाँ कहाँबाट उठाउने भन्ने रन्कोमा छौँ । तर हामीले हाम्रो सम्पदालाई सम्पत्तिमा रुपान्तरण गर्नका लागि श्रमको अभियान, श्रम गर्नु पर्दछ भन्ने शिक्षा, श्रमप्रतिको एउटा सकारात्मक धारणा हामीले कहिल्यै पनि धारन गरेनौ । फलत हामी सधैभरी गरिव छौँ ।’

     

    प्रकाशित मिति :आषाढ ५ २०८३ शुक्रवार - १३:२३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij