Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो

खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो


  • 1.5K
    Shares

    खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले सरकारले श्वार्थ समूहको प्रभाव बढनेगरी कर नीति ल्याएको आरोप लगाएकी छन् ।

    शुक्रबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले पेश गरेको आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएकी हुन् । प्रमुख सचेतक ओलीले सरकारले आफूसँग करसम्बन्धि असीमित अधिकार राखेर त्यसको सीमा समेत उल्लंघन गरेको भन्दै आपत्ति जनाएकी छन् । 

    उनले भने,‘ विधेयकमा नयाँ शुल्क र करहरु थपिएका छन । शिक्षा सेवा शुल्क, शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क, स्वास्थ्य पूर्वाधार लगानी शुल्क । शिक्षा शुल्क ठिक पनि सक्छ । तर शिक्षा समता शुल्कबाट वास्तवमा सरकारी विद्यालयको गुणस्तर बढने सुनिश्चितता के छ रु त्यसै गरी स्वास्थ्य समता शुल्कबाट ग्रामिण स्वास्थ्य प्रणाली बलियो हुने कानूनी व्यवस्था कहाँ छ ? त्यसैले स्पष्ट रुपमा के देखिन्छ भने कर उठाउने संयन्त्र त बनाइएको छ । तर परिणाम सुनिश्चित हुने देखिएको छैन । वास्तविक प्रश्नभनेको सार्वजनिक विद्यालय किन कमजोर छन रु सरकारी अस्पताल किन प्रभावकारी हुन सकेन ? भन्ने जस्ता प्रश्नहरु हुन । यसको समाधान शुल्कमा मात्रै छैन होला । हाम्रो समस्या संरचनागत नै हो । विधेयकमा सरकारलाई कर घटाउन, बढाउन व्यापक छुट दिएको छ । यसको अधिकारको सीमा के हो ? पारदर्शिता कसरी सुनिश्चित हुन्छ ? संसदको नियन्त्रण कहाँ छ रु यसले स्वार्थं समूहको प्रभाव बढने देखिन्छ ।’

    प्रकाशित मिति :आषाढ ५ २०८३ शुक्रवार - १२:५६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij