Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

उजुरीपछि अख्तियारको छापा

उजुरीपछि अख्तियारको छापा


  • 1.2K
    Shares

    उजुरीपछि अख्तियारको छापा
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा ठेक्का व्यवस्थापनका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ । ठेक्का व्यवस्थापनमा अनियमितता भएको उजुरीपछि अख्तियारले सम्बन्धित कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

    नदीजन्य पदार्थको उत्खनन, घाटगद्दी व्यवस्थापन तथा ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा परेको उजुरीका आधारमा अख्तियारको टोली गाउँपालिकामा पुगेर आवश्यक कागजात सङ्कलन गरेको हो । स्थानीयवासीले नदी दोहन, मापदण्डविपरीत उत्खनन तथा बिक्री प्रक्रियामा अनियमितता भएको गुनासो गर्दै आएका थिए ।

    गाउँपालिकाले चालु आर्थिक वर्षमा तिनाउ र दानव नदीका चार स्थानमा नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का दिएको थियो । ठेक्का प्रक्रियामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतो रहेको आरोपसहित अख्तियारमा उजुरी परेको बताइएको छ ।

    अनुसन्धानका क्रममा वडा नं. ५ स्थित बेनीघाट क्षेत्रमा उत्खननको अनुमति पाएको निर्माण कम्पनीले स्वीकृत स्थानभन्दा फरक क्षेत्रमा घाटगद्दी राखेको विषय पनि छानबिनको दायरामा परेको छ ।

    स्थानीयवासीले नदीजन्य पदार्थ उत्खननसम्बन्धी सम्पूर्ण प्रक्रियाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् । अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ । 

     

    प्रकाशित मिति :आषाढ ५ २०८३ शुक्रवार - ११:५३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij