Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हर्क साम्पाङले महावीर पुनसँग मागे अबण्डा १० करोड रकम

हर्क साम्पाङले महावीर पुनसँग मागे अबण्डा १० करोड रकम


  • 1.1K
    Shares

    हर्क साम्पाङले महावीर पुनसँग मागे अबण्डा १० करोड रकम
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य हर्कराज राईले विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनसँग धरानका विभिन्न योजना सम्पन्न गर्न रकम माग गरेका छन् । 

    सांसद राईले विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्रालयलाई शुक्रबार पत्र लेख्दै धरान उपमहानगरपालिका वडा नं. १७ फोकल्याण्डमा प्रदेश स्तरीय  नास्ट नेशनल एकेडेमी अफ साइन्स टेक्नोलोजी भवन निर्माण गर्न बजेट नरहेको भन्दै निर्माणाधीन भवनका लागि कम्तीमा १० करोड या सम्पन्न हुने गरी अबण्डा बजेटबाट उपलब्ध गराउन माग गरेका हुन् । 

    साथै उनले यही आर्थिक वर्षमा काम हुने गरी धरान आविष्काररप्रवर्तन केन्द्र (पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस भित्र रहेको) लाई आवश्यक उपकरणहरू खरिद गर्न तथा धरान-२० वडा कार्यालय छेउ नमुना ध्ष्लमतगचदष्लभ स्थापना गरी बिजुली निकाल्न आवश्यक बजेट विनियोजन गर्न माग गरेका हुन् । 

    dadura-vaxin.jpg

    प्रकाशित मिति :आषाढ ५ २०८३ शुक्रवार - ११:३८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij