Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी

महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी


  • 1.1K
    Shares

    महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
    images

    काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर तीन वटा रिट सुनुवाइका लागि पेसी तोकिएको छ । 

    अधिवक्ताहरू माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिराज बरालसहितले महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न उठाउँदै दायर गरेको रिट प्रधानन्यायाधीश डा‍। मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तय भएको हो ।

    यसअघि सर्वोच्च अदालतले उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । सरकारको तर्फबाट लिखित जवाफ पेस भएसँगै अन्तरिम आदेशको सम्बन्धमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

    प्रधानमन्त्री बालेन्द्र शाहले महान्यायाधिवक्ता कँडेललाई २०८२ चैत २२ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । नियुक्तिसँगै रिट निवेदकहरूले महान्यायाधिवक्ता कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका हुन् । 

     

    प्रकाशित मिति :आषाढ ५ २०८३ शुक्रवार - ११:०२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij