२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालको कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत वैशाख १४ गतेखदेखि २७ गतसम्म सञ्चालन भएको परीक्षाको नतिजा ३९ दिनमा प्रकाशित भएको हो ।
परीक्षामा कुल चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ परीक्षार्थीले परीक्षा दिएका थिए ।
यसअन्तर्गत नियमिततर्फ ६९.७५ प्रतिशत अर्थात् दुई लाख ३१ हजार ७७० जना र आंशिकतर्फ ४२.३८ प्रतिशत अर्थात् ३६ हजार ४२० जना गरी कुल ६४.१३ प्रतिशत (दुई लाख ६८ हजार १९० जना) परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन् ।
नतिजामा चित्त नबुझेका परीक्षार्थीले प्रतिविषय एक हजार रुपैयाँ दस्तुर तिरेर असार १२ गतेसम्म पुनर्योग (रिटोटलिङ) का लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । साथै, बढीमा दुई विषयमा एनजी प्राप्त गर्ने वा अनुपस्थित रहेका परीक्षार्थीले मात्र ग्रेड वृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।
यसरी हेर्ने नतिजा ?
निम्न वेबसाइटहरूमा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिन्छ:
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट: result.neb.gov.np वा neb.gov.np
नेपाल टेलिकमको वेबसाइट:neb.ntc.net.np
साथै, मोबाइलको मेसेज बक्समा गई NEB टाइप गरेर एक स्पेस छाडेर आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको ल्याण्डलाइन वा मोबाइल फोनबाट १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो नतिजा सुन्न सकिन्छ । आफ्नो मोबाइलबाट *१६०१# डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij