Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

कक्षा १२ मा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ मा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी हेर्न सकिन्छ नतिजा


  • 2.5K
    Shares

    कक्षा १२ मा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी हेर्न सकिन्छ नतिजा
    images

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालको कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत वैशाख १४ गतेखदेखि २७ गतसम्म सञ्चालन भएको परीक्षाको नतिजा ३९ दिनमा प्रकाशित भएको हो ।

    परीक्षामा कुल चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ परीक्षार्थीले परीक्षा दिएका थिए ।

    यसअन्तर्गत नियमिततर्फ ६९.७५ प्रतिशत अर्थात् दुई लाख ३१ हजार ७७० जना र आंशिकतर्फ ४२.३८ प्रतिशत अर्थात् ३६ हजार ४२० जना गरी कुल ६४.१३ प्रतिशत (दुई लाख ६८ हजार १९० जना) परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन् ।

    नतिजामा चित्त नबुझेका परीक्षार्थीले प्रतिविषय एक हजार रुपैयाँ दस्तुर तिरेर असार १२ गतेसम्म पुनर्योग (रिटोटलिङ) का लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । साथै, बढीमा दुई विषयमा एनजी प्राप्त गर्ने वा अनुपस्थित रहेका परीक्षार्थीले मात्र ग्रेड वृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।

    यसरी हेर्ने नतिजा ? 

    निम्न वेबसाइटहरूमा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिन्छ:

    राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट: result.neb.gov.np वा neb.gov.np     

    नेपाल टेलिकमको वेबसाइट:neb.ntc.net.np 

     साथै, मोबाइलको मेसेज बक्समा गई NEB टाइप गरेर एक स्पेस छाडेर आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ ।  नेपाल टेलिकमको ल्याण्डलाइन वा मोबाइल फोनबाट १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो नतिजा सुन्न सकिन्छ । आफ्नो मोबाइलबाट *१६०१# डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ५ २०८३ शुक्रवार - १०:४४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij