Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

घरमा म्याद टाँसिएपछि हङकङबाटै आरजु राणाको इमेल: 'बयानका लागि अख्तियार आउन सक्दिनँ'

घरमा म्याद टाँसिएपछि हङकङबाटै आरजु राणाको इमेल: 'बयानका लागि अख्तियार आउन सक्दिनँ'


  • 1.4K
    Shares

    घरमा म्याद टाँसिएपछि हङकङबाटै आरजु राणाको इमेल: 'बयानका लागि अख्तियार आउन सक्दिनँ'
    images

    काठमाडौं । राहदानी छपाइमा भएको अनियमितताबारे बयानमा आउन म्याद टाँस भएसँगै कांग्रेस नेतृ आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इमेल गरेकी छन् ।

    आरजुले आउन नसक्ने भन्दै इमेल गरेको अख्तियारका एकजना उच्च अधिकृतले पुष्टि गरे । उनले इमेलमा आफू कुन मुलुकमा रहेको भन्ने विवरण भने खुलाएकी छैनन् ।

    अख्तियारले असार २ मा देउवाको घरमा म्याद टाँस गरेको थियो । घरमा तामेल गरिएको म्याद पत्र अनुसार उनलाई ३ दिनभित्र आयोगको मुख्यालय टंगालस्थित कोठा नम्बर १२ मा उपस्थित हुन भनिएको थियो । आयोगको पत्रमा भनिएको छ, ‘उपस्थित हुन नआए कानुन बमोजिम हुने छ ।’ आरजु हाल हङकङमा रहेको बताइन्छ ।

    आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीसहित ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा जर्मन कम्पनी मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् ।

     

    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - १७:४२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij