Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड


  • 1.4K
    Shares

    काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड
    images

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाको अनुमानित बजेट पेस गरेको छ । बिहीबार काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक नगर सभामा पेस गरेकी हुन् । 

    महानगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड रुपैया अन्य वाह्य व्ययभार हुनेगरी उक्त बजेट ल्याइएको जानकारी गराएकी छन् । चालू आर्थिक वर्ष २०८२/८३ का लागि महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पारित गरेको थियो । 

    कार्यबाहक मेयर डंगोलले बजेटमा आन्तरिक आय र बैँक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरेकी छिन् भने नेपाल सरकार तथा प्रदेश सरकारवाट शसर्त, समानीकरण, राजश्व वाँडफाँडवाट प्राप्त हुने अनुदान ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँको स्रोत अनुमान गरिएको छ । 

    क्षेत्रगत हेर्दा प्रस्तुत बजेट तथा कार्यक्रम अन्तर्गत आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार प्रस्ताव गरिएको छ ।

    सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार प्रस्ताव गरिएको छ । पूर्वाधार विकास क्षेत्रतर्फ ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार छ ।

    त्यस्तै सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ८.५ प्रतिशत अर्थात् २ अर्ब १३ करोड ४७ लाख ९२ हजार प्रस्ताव गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार प्रस्ताव गरिएको छ ।

    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - १७:२९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij