२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रहरी हुँ भन्दै धम्क्याउने व्यक्ति वाकिटकी र पत्रकार परिचयपत्रसहित पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३ घर भएका ४७ वर्षीय शैलेश डंगोल रहेका छन् । उनीबाट प्रभाव दैनिकको नवीकरण नगरेको पत्रकार परिचयपत्र र वाकिटकी बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताएका छन् ।
बुधबार राति फुटबल ग्राउण्डमा धम्की दिएको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij