Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सामान्य घट्यो शेयर बजार

सामान्य घट्यो शेयर बजार


  • 1.6K
    Shares

    सामान्य घट्यो शेयर बजार
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बिहिबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५.०६ अंकले घटेर २,७०० को विन्दुमा कायम भएको छ । 

    आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४७ कम्पनीको ७७ लाख ४३ हजार ३० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ । 

    बैंकिङ ०.०२, फाइनान्स ०.२०, माइक्रोफाइनान्स ०.०४ तथा व्यापार ०.३१ प्रतिशत बढेको छ । विकास बैंक ०.५६, होटल तथा पर्यटन ०.४४, जलविद्युत् ०.१२, लगानी ०.६२, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.३० तथा अन्य ०.८६ प्रतिशत घटेको छ ।

    दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता ९२९.७० रुपैयाँ तथा एपोलोको ७९६.६० रुपैयाँ पुगेको छ ।

    त्यस्तै आत्मनिर्भर लघुवित्तको १२.५३, बुंगल हाइड्रोपावरको ८.५६, भुजुङ हाइड्रोको ६.३० प्रतिशत मूल्य बढेको छ । आँखुखोला जलविद्युतको ४.०१, दोल्ती पावरको ३.२०, सीईडीबी होल्डिङ्सको ३.०७ प्रतिशत मूल्य घटेको छ ।आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत् कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, सीईडीबी होल्डिङ्स, बुंगल हाइड्रो र सिद्धार्थ बैंक छन् ।

    आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ९८ लाख रुपैयााको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको २३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको १४ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    gfh.JPG


     

    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - १५:५५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij