Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’

‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’


  • 1.2K
    Shares

    • images
    ‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
    images

    काठमाडौं ।  पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विवादित अभिव्यक्तिको विषयमा प्रष्टीकरण दिएका छन् ।  विनियोजन विधेयक अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको विनियोजनमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू भन्ने’ भनाइको घुमाउरो जवाफ दिएका हुन् । 

    ‘अस्ति त पोलको विषयमा म आफैँ पनि विवादमा आएँ,’ उनले भने, ‘हामीलाई कुनै पनि व्यवसायीलाई कारबाही गर्न र ठेक्का रद्द गर्न मन छैन । हामीले उहाँहरूको सम्भावना एक प्रतिशत मात्रै छ भने पनि हामीले पुस गर्नुपर्छ भन्ने नै हो ।’ 

    उनले पूर्वाधार निर्माणको सम्बन्धमा मुख्य तीन चारवटा समस्या भएको बताए । उनले निर्माण सामाग्रीको व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण भएको बताए । त्यस्तै, वनबाट स्वीकृति आउन वर्षौंसम्म लगाउने गरेको उनले बताए । त्यस्तै, बीमा तथा पोल सार्ने समस्याले समेत यसका लागि अवरोध गरिरहेको उल्लेख गरे ।

    images
    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - १४:५३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij