२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नवलपरासीको गैँडाकोट नगरपालिका-२ स्थित नारायणी नदीमा हाम फालेका एक जना पुरुषको सकुशल उद्धार गरिएको छ । देवचुली नगरपालिका-११ स्थित धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेललाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो ।
बिहीबार बिहान उनी नदीमा हाम फालेका थिए । सशस्त्रको नम्बर ३१ गुल्म नवलपरासीबाट खटिएको टोलीले उनको उद्धार गरेर सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताएका छन् । उद्धारपछि उनलाई उपचारको लागि चितवन पठाइएको छ । उनको अवस्था सामान्य छ ।
त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ लार्चामा नदीमा अड्किएका २३ वर्षीय सञ्जीव विकलाई पनि सशस्त्रले उद्धार गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij