Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संसदमा मन्त्रीहरूले मर्यादा उल्लंघन गरेको भन्दै एमालेद्वारा नियमापत्ति

संसदमा मन्त्रीहरूले मर्यादा उल्लंघन गरेको भन्दै एमालेद्वारा नियमापत्ति


  • 820
    Shares

    संसदमा  मन्त्रीहरूले मर्यादा उल्लंघन गरेको भन्दै एमालेद्वारा नियमापत्ति
    images

    काठमाडौं । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले प्रतिनिधि सभाको बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लंघन गरेको भन्दै नियमापत्ति जनाएका छन्।
     
    बिहीवारको बैठकमा मन्त्रीहरूले सभाको स्थापित नियम र गरिमाको बेवास्ता गरेको भन्दै उनले सभामुखको ध्यानाकर्षण गराएका हुन् । मुख्य सचेतक महरले प्रतिनिधि सभा नियमावलीको नियम २० को खण्ड ६ मा रहेको व्यवस्था बमोजिम नियमापत्ति गरेका थिए । उक्त नियममा सभामुखको आसन र बोलिरहेका सदस्यको बीचबाट हिँड्न नहुने स्पष्ट व्यवस्था गरिएको छ । 

    बैठकमा सांसद रमेश मल्लले आफ्नो धारणा राखिरहेका बेला दुईजना मन्त्रीहरू सभामुख र मल्लको बीचबाट हिँडेपछि महरले समय माग गरी आपत्ति प्रकट गरेका छन् । 

    उनले भने, ‘सदनको गरिमा र मर्यादा कायम राख्नु सबै सदस्यको जिम्मेवारी हो, त्यसमा पनि सरकारको दायित्व अझ बढी हुन्छ । तर विडम्बना, मन्त्रीज्यूहरूबाटै पटक-पटक नियमको उल्लंघन भइरहेको छ ।’

    उनले मन्त्रीहरूले जानाजानी मर्यादा उल्लंघन गरेको भन्दै उक्त कार्यप्रति घोर आपत्ति र निन्दा व्यक्त गरेका छन् । साथै, आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन र संसदीय मर्यादा अक्षुण्ण राख्नका लागि सभामुखबाट स्पष्ट रुलिङ हुनुपर्ने माग समेत गरेका छन् ।

    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - ११:५७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij