Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला

रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला


  • 1.5K
    Shares

    रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
    images

    काठमाडौं । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ ।

    जेठ महिनामा हराएको भनी निवेदन परेका १०८ जनामध्ये ६१ जनालाई फेला पारी परिवारसँग सम्पर्क गराइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार त्यस महिनामा हराएकामध्ये ३० बालबालिका, ४८ महिला र ३० पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार तीमध्ये १८ बालबालिका, २९ महिला र १४ पुरुष फेला परेका थिए ।

    यस्तै, अघिल्लो आर्थिक वर्षको पुस महिनादेखि खोजीको सूचीमा रहेका थप नौ जनालाई समेत पछिल्लो अवधिमा फेला पारी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । परिवारको जिम्मा लगाइएकामा दुई बालिका, पाँच महिला र दुई पुरुष छन् ।

    जिल्लामा बेपत्ताको खोजी तथा उद्धारलाई चुस्ततुस्त तुल्याउन थप प्रहरी परिचालन गरिएको र हराएका व्यक्तिको खोजी कार्य निरन्तर जारी रहेको सूचना अधिकारी चन्दले बताए । 

     

    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - ११:२०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij