२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । एभरेष्ट कलरको आइपीओ आज असार ४ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय आज बिहान आइपीओ बाँडफाँट गरिएको हो।
कम्पनीले गते जेठ २२ गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री गरेको थियो। दोस्रो चरणमा कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ६ लाख ५५ हजार ७०० कित्ता शेयर बिक्री गरेको थियो।
आइपीओमा २६ लाख ८७ हजार ४२१ आवेदकबाट कुल २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता शेयर माग भएको थियो। जसमा २६ लाख ४१ हजार ९५९ आवेदकबाट माग भएको २ करोड ८२ लाख ९५ हजार ६९० कित्ता शेयर सदर भएको थियो। यस हिसाबले ४५ हजार ४६२ आवेदकबाट परेको ५ लाख ३८ हजार ३० कित्ता शेयर बदर भएको छ।
एभरेष्ट कलरको आइपीओ मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ६५ हजार ५७० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। यस हिसाबले २५ लाख ७६ हजार ३८९ आवेदकको हात खाली भएको छ।
आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com/share-allotment सिडीएससीको मेरोशेयरको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij