Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाल कारागार चलान

व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाल कारागार चलान


  • 1.3K
    Shares

    व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
    images

    काठमाडौं । बिमासम्बन्धी कसुरमा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाल कारागार चलान भएका छन्।

    सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान र थुनछेक बहस भएको थियो।

    भट्ट र अग्रवालसमेतले विभिन्न बिमा कम्पनीहरुका साथै हिमालयन लार्जक्यापसमेतको सामुहिक कोषको रकम दुरुपयोग गरी कृतिम रुपमा धितोपत्र बजारको मुल्य उतारचढाव गराउने समेतका कसुर गरेको आरोप छ। उनीहरुले समूह खडा गरेर आपराधिक षड्यन्त्र गर्ने, कोषको रकम अपचलन गर्ने, ब्रोकर नं ५५ को खातामा रकम जम्मा गराउने समेका कार्यमा संलग्नता रहेको भन्दै अभियोग दायर भएको छ। 

    गैरकानुनी रुपमा विभिन्न कसुर गरेको आरोपमा छुट्टा छुट्टै र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि छुट्टै अभियोग दायर भएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा भट्टलाई २६ अर्व ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो कायम गरिएको छ। अग्रवाललाई २५ अर्व ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो दाबी गरिएको छ। 

    भट्टले अदालतमा बयान दिँदा भने आफ्नो वार्षिक आय नै ३० करोड हुने बताउँदै गैरकानुनी आर्जन नगरेको दाबी गरेका छन्। तर अहिलेसम्म प्राप्त प्रमाणका आधारमा दुवै जनालाई थुनामा पठाउने आदेश भएको छ। सुलभ अग्रवालको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उपचारको उचित व्यवस्थापन गर्न पनि अदालतले कारागारलाई आदेश दिएको छ।

    उनीबाट बरामद गाडी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाइदिन र बरामद मोवाइल लगायतका उपकरण अदालतको जिन्सीमा बाँध्न र विदेशी मुद्रा राष्ट्र बैंकमा पठाइदिन आदेशमा भनिएको छ।

    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - ०५:२४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij