Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सीप परीक्षण पास नगर्ने नेपाली अब साउदी जाने नपाउने, १०० डलर अतिरिक्त प्रतिश्रमिक भार

सीप परीक्षण पास नगर्ने नेपाली अब साउदी जाने नपाउने, १०० डलर अतिरिक्त प्रतिश्रमिक भार


  • 2.9K
    Shares

    सीप परीक्षण पास नगर्ने नेपाली अब साउदी जाने नपाउने, १०० डलर अतिरिक्त  प्रतिश्रमिक भार
    images

    काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली श्रमिकहरूले अब सीप परीक्षण अनिवार्य गरिने भएको छ । सीप परीक्षणमा पास नहुने नेपाली अब साउदीमा काम गर्न जान नपाउने भएका हुन् । आजबाट यो नियम लागू भएको हो । सीप परीक्षणको लागि सीप परीक्षणका लागि श्रमिकले १ सय डलर तिर्न पर्ने छ ।

    यस नयाँ व्यवस्था अनुसार अब साउदी अरब जान चाहने हरेक नेपाली श्रमिकले अनिवार्य रूपमा तोकिएको परीक्षा उत्तीर्ण गरी प्रमाणपत्र लिनु पर्नेछ । सीप परीक्षण पास नगरेका श्रमिकहरूले साउदी अरबका लागि श्रम स्वीकृति र भिसा पाउँदैनन् ।

    यो व्यवस्था लागू भएसँगै वैदेशिक रोजगारीमा जाने विपन्न नेपाली श्रमिकहरूमाथि थप आर्थिक भार थपिने निश्चित भएको छ । परीक्षा र प्रमाणपत्र उपलब्ध गराउने नाममा प्रतिश्रमिक १०० अमेरिकी डलर (करिब १५,००० नेपाली रुपैयाँ) शुल्क तोकिएको छ । वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार यो शुल्क साउदी जान चाहने श्रमिकले यो शुल्क तिर्नु पर्ने छ ।

    उनले भने, ‘सीप परीक्षण पास नभई अब नेपाली साउदीमा कम गर्न जान पाउँदैन । भने, त्यसका लागि थप १ सय डलर आर्थिक भार श्रमिकलाई थपिने छ । विभिन्न बहानामा आर्थिक शोषणमा पर्दै आएका नेपाली श्रमिकहरूलाई थप मर्कामा पार्ने छ । यस प्रक्रियामा ठूलो चलखेल र सिन्डिकेटको रहेको छ ।

    नेपाल सरकारसँग उचित समन्वय र परामर्श नगरी, बीचका बिचौलिया र केही सीमित ट्रेनिङ सेन्टरहरूलाई फाइदा पुर्‍याउने गरी यो प्रणाली भित्र्याएको हो । परीक्षा शुल्क बापत लिइने १५ हजार रुपैयाँका अतिरिक्त परीक्षा उत्तीर्ण गराइदिने सेटिङका नाममा श्रमिकहरूबाट थप ३० देखि ४० हजार रुपैयाँसम्म असुल गर्ने एउटा नयाँ भाँडो तयार गरिएको हो । 

    साउदीमा भिसा लगाउने नयाँ श्रमिकहरूका हकमा यो नियम पूर्ण रूपमा लागू हुने र यसले समग्र वैदेशिक रोजगार क्षेत्रलाई नै प्रभावित पार्ने छ ।’

    नेपाल सरकार र सरोकारवाला निकायले समयमै यस विषयमा ध्यान नदिए सीप परीक्षणका नाममा नेपाली श्रमिकहरू ठगीको नयाँ चक्रव्यूहमा फस्ने छन् । यसले वैदेशिक रोजगारीको लागत अझ बढाउने देखिएको छ । साउदी सरकारले आफ्नो देशमा भित्रिने विदेशी श्रमिकहरूको गुणस्तर र दक्षता सुनिश्चित गर्ने उद्देश्यले यो प्रणाली लागू गरेको बताएको छ ।

    प्रकाशित मिति :आषाढ ३ २०८३ बुधवार - १६:३७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij