Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

खोलाको बर्खे भेलले बगाउँदा भाइको मृत्यु, दाजु बेपत्ता

खोलाको बर्खे भेलले बगाउँदा भाइको मृत्यु, दाजु बेपत्ता


  • 1.3K
    Shares

    खोलाको बर्खे भेलले बगाउँदा भाइको मृत्यु, दाजु बेपत्ता
    images

    काठमाडौं । विद्यालयबाट घर फर्कने क्रममा खोलाको बर्खे भेलले बगाउँदा प्युठानमा एक बालकको मृत्यु भएको छ भने उनका दाजु बेपत्ता भएका छन्। 

    नौबहिनी गाउँपालिका-५ काँटेमा स्थानीय जोगीपँधेरा खोलामा आएको आकस्मिक भेलमा परेर स्थानीय यामबहादुर खत्रीका दुई छोराहरू बगाएका हुन्। भेलले बगाउँदा स्थानीय जनता प्राथमिक विद्यालय काँटेको कक्षा १ मा अध्ययनरत बालक विमल खत्रीको मृत्यु भएको छ। सोही विद्यालयको कक्षा ३ मा अध्ययनरत उनका दाजु मिलन खत्री भने अझै बेपत्ता रहेका छन्।

    विद्यालय बिदा भएपछि घर फर्किरहेका दुवै दाजुभाइलाई खोला तर्ने क्रममा अचानक आएको भेलले बगाएको स्थानीयले बताएका छन्। घटनालगत्तै स्थानीय बासिन्दा, नेपाल प्रहरी र सम्बन्धित निकायको टोलीले बेपत्ता मिलन खत्रीको खोजी कार्य तीव्र पारेको छ। कलिला बालबालिका गुमाउनु परेपछि यतिबेला काँटे गाउँ र स्थानीय समुदाय गहिरो शोकमा डुबेको छ।  

     

     

     

     

     

     

    प्रकाशित मिति :आषाढ ३ २०८३ बुधवार - १५:२६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij