Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

वैदेशिक रोजगार ऐन संशोधन गर्ने सरकारकाे तयारी

वैदेशिक रोजगार ऐन संशोधन गर्ने सरकारकाे तयारी


  • 1.6K
    Shares

    वैदेशिक रोजगार ऐन संशोधन गर्ने सरकारकाे तयारी
    images

    काठमाडौं । सरकारले वैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले यसबारे जानकारी गराएका हुन् । 

    बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समसामयिक बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधनको तयारी भइरहेको बताए । 

    उनले फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरू थप मारमा परेकाले यसलाई परिवर्तन गर्न कार्यदल गठन गरेर अध्ययन भइरहेको जानकारी दिए । उनले अहिले ३० लाख भन्दा बढी नेपाली नागरिक श्रमिकका रूपमा विभिन्न देशमा रहेकाले वैदेशिक रोजगार क्षेत्रलाई वैज्ञानिक रूपमा नै व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

    प्रकाशित मिति :आषाढ ३ २०८३ बुधवार - १४:५१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij