Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विचार र दर्शन सामाजिक सञ्जालका पोष्टमा सिमित हुन पुगेको छः प्रदीप ज्ञवाली

विचार र दर्शन सामाजिक सञ्जालका पोष्टमा सिमित हुन पुगेको छः प्रदीप ज्ञवाली


  • 1.2K
    Shares

    विचार र दर्शन सामाजिक सञ्जालका पोष्टमा सिमित हुन पुगेको छः प्रदीप ज्ञवाली
    images

    काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालमा विचार र दर्शनहरु संकुचित हुँदै फेसबुक र एक्समा सिमित हुन पुगेको बताएका छन् । बुधवार आयोजित दर्शनशास्त्रको ईतिहास पुस्तककाृ परिचर्चा कार्यक्रममा उनले नेपालमा दर्शनप्रतिको रुचि र बौद्धिक बहस संकटमा परेको बताएका हुन् । 

    उनले भारतका प्रसिद्ध दार्शनिक तथा लेखक देवीप्रसाद चट्टोपाध्यायको भनाइ स्मरण गर्दै विचार र दर्शनप्रतिको चासो घट्दै गएको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । चट्टोपाध्यायले ‘भारतलाई दर्शनको सबैभन्दा बढी आवश्यकता भएको बेला नै दर्शनप्रतिको रुचि र बौद्धिक बहसमा खडेरी देखिएको’ उल्लेख गरेको सन्दर्भ प्रस्तुत गर्दै ज्ञवालीले नेपालमा पनि यस्तै अवस्था देखिन थालेको बताएका छन् । 

    नेपालमा दर्शन, वैचारिक बहस तथा सैद्धान्तिक-नीतिगत प्रश्नहरू क्रमशः साँघुरिँदै गएको उनको भनाई छ । सामाजिक सञ्जालका छोटा पोस्ट, ट्विट र सीमित शब्दका अभिव्यक्तिमा विचारहरू खुम्चिँदै गएको उनले बताएका छन्। समाजको मुक्ति र देशको विकास विचार, संस्था वा प्रणालीबाट नभई कुनै ‘तारणहार’ व्यक्तिबाट सम्भव हुने भाष्य नेपालमा निर्माण गर्न खोजिएको उनको आरोप छ ।

    प्रकाशित मिति :आषाढ ३ २०८३ बुधवार - १३:५४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij