Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

तिलगंगा बस्ती हटाएको विरोधमा पशुपति विकास कोषमा ४५ दिनदेखि धर्नामा पीडितहरु

तिलगंगा बस्ती हटाएको विरोधमा पशुपति विकास कोषमा ४५ दिनदेखि धर्नामा पीडितहरु


  • 1.3K
    Shares

    तिलगंगा बस्ती हटाएको विरोधमा पशुपति विकास कोषमा ४५ दिनदेखि धर्नामा पीडितहरु
    images

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा सरकारले आफूहरूमाथि अन्याय गरेको भन्दै तिलगंगा क्षेत्र (बी १३) का पीडितहरु विगत ४५ दिनदेखि धर्नामा बसेका छन् । 

    सरकारले गत वैशाख १८ र १९ गते तिलगंगा क्षेत्र (बी १३) मा बसोवास गर्दै आएका नागरिकको घर टहरा भत्काएको थियो । आफूहरू सुकुम्बासी नभएपनि सरकारले सुकुमबासीझैँ गरेर अधिकार हनन गरेको आरोप लगाउँदै उनीहरू गौशालास्थित पशुपति क्षेत्र विकास कोषको मुख्य गेट अगाडि धर्नामा बसिरहेका छन् ।

    स्थानीय सुदर्शन गौतमले आफूहरू सुकुम्बासी नभई राज्यलाई कर तिरेर वैधानिक रूपमा बसोबास गरिरहेका नागरिक भएको स्पष्ट पारे । गौतमका अनुसार हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग भएको छलफलमा प्रभावित पक्षले आवश्यक कागजात र सम्झौताका प्रमाण पुनः बुझाएको छ । 

    मन्त्रीले घटनाबारे पर्याप्त जानकारी नपाई घर भत्काइएको विषयमा सम्बन्धित निकायबाट कागजात मागिएको जानकारी दिएको उनले बताएका छन् । सरकार पक्षसँग १५ दिनभित्र छलफल गरी उक्त विषय टुंग्याइने आश्वासन प्राप्त भएको समेत गौतमले बताएका छन् । 

    पशुपति विकास कोष गुरुयोजनाअन्तर्गत जग्गा अधिग्रहण गर्दा उक्त क्षेत्रका बसिन्दालाई गोठाटारमा ४ आना कम नहुने गरी पुनस्र्थापना गर्ने भनेर २०७१ साल असार १ गते तिलगंगा क्षेत्र (बी १३) बासिन्दासँग सम्झौता गरेको थियो । तर कोषले सम्झौता अनुरुप जग्गा उपलब्ध नगराएपछि आफूहरु घरबारविहीन हुन पुगेको पीडितहरुले गुनासो छ । 

    प्रकाशित मिति :आषाढ ३ २०८३ बुधवार - १३:४६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij