Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

जंगली फल खाएका १२ जना बालबालिका बिरामी

जंगली फल खाएका १२ जना बालबालिका बिरामी


  • 1.1K
    Shares

    जंगली फल खाएका  १२ जना बालबालिका बिरामी
    images

    काठमाडौं । मोरङको पथरी शनिश्चरे नगरपालिका-६ मंगलबारेमा बिषालुजंगली फल खाँदा १२ जना बालबालिका बिरामी परेका छन्।

    स्थानीय राया टोल नजिकको खोलामा नुहाउन गएका बालबालि काले घर फर्किने क्रममा बाटोमा भेटिएको ‘दतिउन’ भनेर चिनिने जंगली वनुस्पतिको फल खाुएका थिए। फल सेवन गरेको केही समयपछि उनीहरूलाई लगातार वान्ता हुन थालेपछि स्वास्थ्य अवस्था बिग्रिएको थियो।

    वडा सदस्य विजय मण्डलका अनुसार १० देखि १५ वर्ष उमेर समूहका १२ जना बालबालिकाले उक्त फल खाँदा बिरामी परेका हुन्। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो।

    बिरामीमध्ये केही बालुबालिकाको अवस्था गम्भीर रहेकाले आईसीयूमा राखेर उपचार भइरहेको जनाइएको छ। अन्य बालबालिकाको पनिचिकित्सकीय निगरानीमा उपुचार भइरहेको छ। चिकित्सक तथा स्थानीय जनप्रतिनिधिले  बालबालिकालाई अपरिचित जंगली फलफूल तथा वनस्पति सेवन नगर्न आग्रह गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    प्रकाशित मिति :आषाढ ३ २०८३ बुधवार - १३:३४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij