Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेयर बजारमा गिरावट, १७७ कम्पनीको मूल्य घट्यो

शेयर बजारमा गिरावट, १७७ कम्पनीको मूल्य घट्यो


  • 1.7K
    Shares

    शेयर बजारमा गिरावट,  १७७ कम्पनीको मूल्य घट्यो
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलवार शेयर बजार घटेर बन्द भएको छ । हिजो दोहोरो अंकले घटेर बन्द भएको बजार आज पनि ६.३१ अंकले घटेर २,७०५ को विन्दुमा कायम भएको छ ।

    आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५५ कम्पनीको १ करोड ७ लाख ८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ करोड माथिको शेयर कारोबार भएको छ ।

    सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । व्यापार ०.३१ प्रतिशत बढेको छ । बैंकिङ ०.३२, विकास बैंक ०.४२, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.१६, हाइड्रोपावर ०.२८, लगानी ०.२०, उत्पादन तथा प्रशोधन ०.१४, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.४० तथा अन्य ०.०६ प्रतिशत घटेको छ  ।

    दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता ७०३.१० रुपैयाँ तथा एपोलोको ६०२.४० रुपैयाँ पुगेको छ ।

    दोल्ती पावरको ६.३४, बुंगल हाइड्रोको ५.५१ तथा मेन्छियाम हाइड्रोपावरको ४.२२ प्रतिशत मूल्य बढेको छ । त्यस्तै सयपत्री हाइड्रोपावरको ४.९०, युनिक नेपाल लघुवित्तको ४.०३, कालिन्चोक हाइड्रोपावरको ३.५४, रिलायन्स स्पिनिङ मिल्किो ३.४१ प्रतिशत मूल्य घटेको छ  ।

    आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको १८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    share.JPG

    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - १५:२९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij