२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ ।
विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी रहेका बेला सम्बन्धित मन्त्री बैठकमा सहभागी नभएको भनी प्रश्न उठेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगन गरेका हुन् ।
बैठकमा सांसद गोपाल शर्माले संसद् नियमावलीअनुसार सम्बन्धित मन्त्रीको उपस्थिति बिना सो मन्त्रालयको शीर्षकमा छलफल हुन नसक्ने भन्दै आपत्ति जनाएपछि बैठक स्थगन गरिएको हो ।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्न समय दिएका थिए। उनले प्रतिनिधि सभाको नियमावलीको नियम ६ को उपनियम ५ को व्यवस्था स्मरण गराए।
सांसद शर्माले भने, ‘नियमावलीको नियम ६ ९५० ले संसदमा मन्त्रालयको विषयमा छलफल गराउँदा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य गरेको छ।’
तर, प्रतिनिनि सभाको बैठकमा तीन वटा मन्त्री मात्रै उपस्थित भएको उनले स्मरण गराए। मंगलबारको बैठकमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र उर्जामन्त्री विराजभक्त श्रेष्ठ मात्रै उस्थित थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij