Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्


  • 1.2K
    Shares

    • images
    विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्
    images

    काठमाडौं । विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।  

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका हुन् ।

    बैठकमा नेकपा सांसद प्रमेश हमालले सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्वयं प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए । उनले सीमामा भइरहेको भारतीय हस्तक्षेपका बारेमा समेत सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे ।

    त्यस्तै कांग्रेस सांसद रेखाकुमारी यादवले सीमाका विषयमा मन्त्रीले नभई स्वयं प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरिन् । त्यस्तै एमालेकी सांसद टुकाभद्रा हमालले सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती रहेकाले रेकर्डबाट हटाउन माग गरिन् ।

    त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्चाउनुपर्ने र सभामुखले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ गर्ने विश्वास व्यक्त गरे ।

    त्यसैगरि राप्रपा सांसद सरस्वती लामाले नेपालको सीमाका विषयमा सरकार जिम्मेवार हुनुपर्नेमा जिम्मेवारीमा बसेकाहरूले गैर जिम्मेवारी अभिव्यक्ति दिनु उचित नभएको धारणा राखिन् । 

    images
    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - १३:०३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij