Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

'म पनि तपाईंको छोरा जस्तै हुँ' भन्दै लिफ्ट दिएर लुटपाटको प्रयास

'म पनि तपाईंको छोरा जस्तै हुँ' भन्दै लिफ्ट दिएर लुटपाटको प्रयास


  • 1.0K
    Shares

    'म पनि तपाईंको छोरा जस्तै हुँ' भन्दै लिफ्ट दिएर लुटपाटको प्रयास
    images

    काठमाडौं । अपरिचित व्यक्तिलाई छोरा जस्तै हुँ भन्दै विश्वासमा पारेर लुटपाट गर्न खोज्ने एक युवक झापामा पक्राउ परेका छन्। पाँचथर घर भई झापाको कनकाई नगरपालिका-४ कोटीहवन बस्दै आएका २२ वर्षीय जीवन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    घटनाको विवरणस्गत शनिबार साँझ झापाको सुरुङ्गा बजारमा हिँडिरहेकी एक महिलालाई तामाङले आन्टीु भन्दै सम्बोधन गरेका थिए। घर फर्किँदै गरेकी ती महिलालाई तामाङले घर जान लाग्नुभएको जस्तो छ, म पुर्‍याइदिन्छुू भन्दै मोटरसाइकलमा बस्न आग्रह गरेका थिए। महिलाले सुरुमा म हिँडेरै जान्छुू भन्दै इन्कार गरेकी थिइन्। तर, तामाङले म पनि तपाईंको छोरा जस्तै त हुँ, आउनुहोस् बस्नुहोस्भ न्दै भावनात्मक रूपमा विश्वासमा पारेपछि महिला उनको मोटरसाइकलमा चढिन्। 

    तामाङले महिलालाई घर पुर्‍याउनुको सट्टा एकान्त स्थानमा लगेर मोटरसाइकल रोकेका थिए। त्यसपछि उनले महिलाको कानमा लगाएको सुनको मुन्द्रा माग्दै लुटपाटको प्रयास गरे। तामाङको नियत बुझेपछि ती महिलाले तत्कालै प्रतिकार गर्दै गुहार मागिन् र जोडले कराउन थालिन्। 

    महिला कराएपछि स्थिति तनावपूर्ण बन्यो र स्थानीयबासी जम्मा हुन थाले। हुल्लाखल्ला भएपछि स्थानीयले तुरुन्तै प्रहरीलाई खबर गरे। महिलाले साहसका साथ प्रतिकार गरेपछि अत्तालिएका तामाङ थप अप्रिय घटना गराउन नपाई त्यहाँबाट फरार भएका थिए। तर, घटनाको सूचना पाउनासाथ सक्रिय भएको प्रहरी टोलीले केही समयभित्रै तामाङलाई फेला पारेर पक्राउ गर्न सफल भएका छन्। 

     

    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - ११:३७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij