२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सेफ सन्तोष साहलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ । साहमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट ३ दिनका म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साह र उनका दाजु ५८ वर्षीय नारायण साह सुडीलाई शनिबार जनकपुरको रामानन्द चोकबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।
दुई वटा मुद्दा मध्ये ठगी मुद्दामा अनुसन्धानको लागी प्रहरीले अदालतबाट म्याद लिएको हो । साह विरूद्ध ४ लाख ५० हजार ठगी सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता भएर पक्राउ पुर्जी जारी भएको थियो ।
सिरहाको कर्जन्हा नगरपालिका-९ घर भएर काठमाडौँ बस्ने ४० वर्षीय सन्तोषले मिथिला थाली नामको चेक रेस्टुरेन्ट सञ्चालन गरेका छन् ।आर्जव होल्डिङ प्रालिलाई उनले दिएको २५ लाखको चेक नसाटिएको बैंकिङ्ग कसुरमा साहलाई बिगो भराएर १ महिना कैद सजाय हुने फैसला भैसकेको छ । आर्जव होल्डिङ प्रालिले नक्सालमा शिला रेस्टुरेन्ट सञ्चालन गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij