२०८३ श्रावण १० गते आइतवार
काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को १० महिना (साउन-वैशाख) मा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले करिब साढे ५६ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार वैशाख मसान्तसम्म बैंकहरूले कुल ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ नाफा कमाएका हुन्।
यो नाफा गत आर्थिक वर्ष २०८१\८२ को सोही अवधिको तुलनामा १८.१६ प्रतिशतले बढी हो। गत वर्षको वैशाखसम्म वाणिज्य बैंकहरूले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। समीक्षा अवधिमा बैंकहरूको व्यवसाय विस्तार र खराब कर्जा व्यवस्थापनमा आएको सुधारका कारण नाफामा सन्तोषजनक वृद्धि देखिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरूमध्ये नबिल बैंक सर्वाधिक नाफा कमाउन सफल भएको छ भने नाफा वृद्धिदरको आधारमा कुमारी बैंक अग्रस्थानमा देखिएको छ। समीक्षा अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वटाको नाफा बढ्दा ७ वटा बैंकको नाफामा गिरावट आएको छ।
१० महिनाको अवधिमा नबिल बैंकले ६ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाउँदै शीर्ष स्थान ओगटेको छ। यो गत वर्षको सोही अवधिको ९५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ० तुलनामा ३६.८६ प्रतिशतको वृद्धि हो। ५ अर्ब १९ करोड १० लाख रुपैयाँ नाफासहित ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा छ। यद्यपि उसको नाफा गत वर्षको तुलनामा ३.०७ प्रतिशतले घटेको छ।
कुमारी बैंकको नाफामा ८३३ प्रतिशतको ऐतिहासिक उछालनाफा वृद्धिदरका हिसाबले कुमारी बैंकले इतिहासकै ठूलो फड्को मारेको छ। गत वर्षको वैशाखसम्म मात्र ४८ करोड १९ लाख रुपैयाँ नाफा कमाएको कुमारीले यसपालि ८३३.१० प्रतिशतको ऐतिहासिक वृद्धि हासिल गर्दै ४ अर्ब ४९ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
यो वाणिज्य बैंकहरूमध्येकै सर्वाधिक वृद्धिदर हो। अन्य बैंकको अवस्था र एनआईसी एसिया सबैभन्दा पछाडियस अवधिमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब ८० करोड ३२ लाख रुपैयाँ (२४.२५ प्रतिशत गिरावट) र एभरेष्ट बैंकले ३ अर्ब ७० करोड १२ लाख रुपैयाँ (५.१८ प्रतिशत गिरावट) नाफा कमाएका छन्।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार समीक्षा अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा एनआईसी एसिया बैंक रहेको छ। एनआईसी एसियाको खुद नाफा मात्र ३३ करोड २९ लाख रुपैयाँमा खुम्चिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij