Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी


  • 1.2K
    Shares

    व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
    images

    काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र व्यवसायी सुलभ अग्रवालको बयान सुरु भएको छ । सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान भइरहेको हो । 

    २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट र व्यवसायी सुलभ अग्रवालको बयान सुरु भएको छ । शुक्रबार भट्टको बयान पूरा नभएपछि सोमबार पुनः बयानलाई निरन्तरता दिइएको हो । बयान सकिएमा आजै थुनछेक बहस हुने छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल, शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोरसहितलाई प्रतिवादी कायम गरेको छ । सन्दीप चाचन अग्रवाल ब्रोकिङ कम्पनी दलाल नम्बर ५५ का अध्यक्ष हुन् ।

    सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि दीपक भट्टलाई चैत १९ गते पक्राउ गरिएको थियो भने शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल चैत २२ गते पक्राउ परेका थिए ।

     

    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - १२:१४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij