Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अध्यक्ष राईको मागः प्रहरीको स्वेच्छाचारिता रोकियोस्

अध्यक्ष राईको मागः प्रहरीको स्वेच्छाचारिता रोकियोस्


  • 1.1K
    Shares

    अध्यक्ष राईको मागः प्रहरीको स्वेच्छाचारिता रोकियोस्
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रहरीको पछिल्लो कार्यशैलीप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले राष्ट्रिय स्वाभिमान र नागरिक सुरक्षाका विषयमा प्रश्न उठाएका हुन्। 

    सांसद राईले प्रधानमन्त्री बालेन्द्र साहद्वारा संसदमा दिइएको विवादित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग यथावत रहेको उल्लेख गर्दै उनले सभामुखबाट सो अभिव्यक्ति हटाउने आदेशको व्यग्र प्रतीक्षामा रहेको बताएका छन्। 

    त्यसैगरी, सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल ९एसएसबी० बाट भएको अतिक्रमण र नेपाली नागरिकमाथि गरिएको धाकधम्कीको विरोध गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रति उनले विरोध जनाएका छन् । माईतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका अजय सोदारी र बिरजन बिकलाई प्रहरीले नियन्त्रणमा लिएर झुट्टा मुद्दा चलाउन खोजेको भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

    प्रहरीको पछिल्लो कार्यशैलीमाथि प्रश्न उठाउँदै सांसद राईले विद्यार्थीहरूको मोबाइल खोसेर नष्ट गरिएको र एक विपन्न टेम्पो चालकको सवारी साधन भीरबाट खसालिएको घटनाको आलोचना गरेका छन् । 

    उनले भने,‘विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाउने र गरिबको टेम्पो भीरबाट गुल्ट्याउने जस्ता अमानवीय कार्य गर्नेलाई कारबाही हुनुपर्छ ।’

     

     

    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - ११:३९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij