Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि आकस्मिक रूपमा काठमाडौं फर्काइयो

जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि आकस्मिक रूपमा काठमाडौं फर्काइयो


  • 1.2K
    Shares

    जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि आकस्मिक रूपमा काठमाडौं फर्काइयो
    images

    काठमाडौं । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एक जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक रूपमा काठमाडौं नै फर्काइएको छ।

    सोमबार बिहान करिब ७:०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडानमा ल्यान्डिङ गियरसँग सम्बन्धित समस्या देखिएपछि जहाजलाई बीचबाटै फर्काइएको हो।

    प्राविधिक समस्या देखिएपछि जहाजलाई आपत्कालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जय कुमारले जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको र अवस्था सामान्य रहेको जानकारी दिए । उनका अनुसार जहाजका सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेका छन् ।

    जहाजमा देखिएको प्राविधिक समस्याबारे थप प्राविधिक परीक्षण भइरहेको उनले जानकारी दिए । प्रभावित यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन वैकल्पिक व्यवस्था मिलाउने तयारी भइरहेको छ।

    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - ०८:३७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij